logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • रविन्द्र मिश्र र धवलशमसेरलाई २० दिनको म्याद थप

    997Shares
    रविन्द्र मिश्र र धवलशमसेरलाई २० दिनको म्याद थप

    काठमाडौं ।काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका रविन्द्र मिश्रसहित २० जनालाई
    १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा पक्राउ परेका रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित २० जनालाई १५ दिनको म्याद थप भएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।

    गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो।

    उनीहरूसहित ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।।
    उनीहरूलाई भने २० दिनको हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी श्रेष्ठले बताए।



    फास्ट न्युज    
  • २०८१ चैत्र २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट