काठमाडौँ। प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बोहराको उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा मंगलबार निधन भएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्ला केही वर्षयता घाँटीमा समस्या आएपछि उनी बोल्न नसक्ने अवस्थामा थिए । उनले गत निर्वाचनमा समेत एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया