logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • प्रकृति र मातृभूमिको संरक्षणका लागि विश्व समुदायसँग सहकार्य गर्न तत्पर छौ: राज्यमन्त्री रुपा विक

    प्रकृति र मातृभूमिको संरक्षणका लागि विश्व समुदायसँग सहकार्य गर्न तत्पर छौ: राज्यमन्त्री रुपा विक

    1.7K
    SHARES
    प्रकृति र मातृभूमिको संरक्षणका लागि विश्व समुदायसँग सहकार्य गर्न तत्पर छौ: राज्यमन्त्री रुपा विक

    काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री रुपा विक पोखरेलले वातावरण र स्वास्थ्य विश्वव्यापी एजेन्डा भएकाले नेपाल सरकार प्रकृति र मातृभूमिको संरक्षणका लागि विश्व समुदायसँग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो। इन्डोनेसियामा आयोजना भैरहेको एसिया प्यासिफिक रिजनल फोरम स्वास्थ्य तथा वातावरण अन्तर्गत पाँचौं मन्त्रीस्तरीय बैठकलाई संवोधन गर्ने क्रममा उक्त कुरा वताउनु भएको हो।



    मन्तव्यको क्रममा उहाले बासेल कन्भेन्सन, रोटरडम कन्भेन्सन र स्टकहोम महासन्धिको पक्षधर भएको नाताले नेपाल सरकार विभिन्न योजना र नीतिहरू संगै फोहोर र रासायनिक प्रदूषणलाई ब्यवस्थापन गर्न पनि प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

    त्यस्तै मानव स्वास्थ्य र वातावरणिय क्षेत्रमा नेपाल र नेपाल सरकारले गरेको कामहरुको बारे सभामा सहभागीहरुलाई जानकारी गरादै उहाले भन्नुभयो “हाम्रो नीति, योजना र कार्यक्रमहरूमा वातावरणीय सुरक्षा र मानव स्वास्थ्य उच्च प्राथमिकतामा छन्। जसको लागि नेपाल सरकार नितिगत र योजनावद्व ढंगले अगाडि बढिरहेको छ। स्वास्थ्य र वातावरण एउटै सिक्काका दुई पाटा हुन् र यसका लागि सबै तहका सरकार, निजी क्षेत्र र सरोकारवालाको सहभागिता र सक्रिय सलग्नता आवश्यक छ ।”

    मन्त्री विकले नेपालले दिगो विकास लक्ष्य २०३० हासिल गर्न सबै तहका सरकार र समुदायमा समान जोड दिएको पनि बताउनु भयो।


    फास्ट न्युज
  • बिहिबार, १० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट