काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षाले ‘जब लेस’ मानिस तयार भएको बताएका छन् । मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको बताए ।
उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले भने, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनु हुन्छ । म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहान्न । हामीले देशको विकास गर्नु छ ।
यसका साथै, उनले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरु बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए ।
अनावश्यक कुराहरुमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन् । त्यो हुन हामी तयार छैनौ । हामी आफ्ना विषयमा केन्द्रीत हुन्छौ आफ्ना काममा केन्द्रीत हुन्छौ र आफ्नो देश विकासको लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने यस कुरामा हाम्रो ध्यान रहेको छ ।’
पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको पनि उनको भनाइ छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया