logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • ईपीजी प्रतिवेदनबारे प्रधानमन्त्रीले संसदमा दिए जवाफ, भने- भारत तयार नभएसम्म नेपालले एक्लै बुझ्न मिल्दैन

    985Shares
    ईपीजी प्रतिवेदनबारे प्रधानमन्त्रीले संसदमा दिए जवाफ, भने- भारत तयार नभएसम्म नेपालले एक्लै बुझ्न मिल्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार गरेको प्रतिवेदन भारतीय पक्षको अनिच्छाका कारण बुझ्न नसकिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले आफू एक्लैले चाहेर प्रतिवेदन बुझ्न नसक्ने बताए ।

    ‘नेपालले ईपीजी प्रतिवेदन नबुझ्ने भनेको छैन । बौद्धिक समूहले पहिले भारतका प्रधानमन्त्रीलाई बुझाउने अनि नेपाललाई बुझाउने भनेर समझदारी गरेको हो’, उनले भने, ‘पहिले भारतका प्रधमानमन्त्रीलाई बुझाएपछि हामीले लिने भन्ने हो । एक्लैले बुझेर कार्यान्वयन हुने होइन त्यो प्रतिवेदन ।’ उननले आजको समयअनुसार भारतसँगको सम्बन्ध उचाइमा उठाउने र व्यवस्थित गर्ने भन्ने कुरा मुख्य भएको उनले बताए ।

    ‘दुई देशको मित्रतामा कहीँ कतै प्रतिकूल असर नपर्ने गरी, कसैलाई अन्याय नहुने गरी प्रतिवेदन कार्यान्वयनमा लानुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘सबै समस्याको दीगो समाधान गर्ने गरी प्रस्ताव गर्न सिफारिसका लागि ईपीजी निर्माण गरिएको थियो । त्यसले दुई वर्ष अध्ययन गरेर प्रतिवेदन बुझाएको हो ।’ उनले यो प्रतिवेदन बुझ्नेबारे राजनीतिक भेटघाटसहित उच्चस्तीय कूटनीतिक पहल जारी रहेको पनि बताएका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट