logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • सगरमाथा संवादमा विभिन्न देशका प्रमुख व्यक्तिहरुलाई निम्तो, जलवायु परिवर्तनकाे मुद्दा उठाइने

    973Shares
    सगरमाथा संवादमा विभिन्न देशका प्रमुख व्यक्तिहरुलाई निम्तो, जलवायु परिवर्तनकाे मुद्दा उठाइने

    काठमाण्डाै। ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन झन्डै दुई महिनाभन्दा धेरै समय बाँकी रहँदा आइतबार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो ।

    आउँदाे जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निम्तो पठाइने बताउनुभयो । सरकारले निम्तो पठाइएकामध्ये १ सय ५० जनाभन्दा धेरै व्यक्ति सहभागी हुने अपेक्षा गरेकाे छ । निम्तो दिनका लागि विदेशमा रहेकाे नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित देशका राजदूतावासलाई प्रयोग गरिएको परराष्ट्र सचिव राईले बताउनुभयाे ।

    नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको जानकारी गराउनुभयाे । जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीबारे आवाज उठाइरहेको उहाँले बताउनुभयो ।

    मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाएको उल्लेख गर्नुभयाे ।

    सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल हुनेछ ।

    सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोप, जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे पनि छलफल हुनेछ ।

    सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाई यात्रामार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको मुख्यसचिव अर्यालले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार