काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणको डीपीआर निर्माणका लागि नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनिरिङ संस्थानबीच दुईपक्षीय सम्झौता भएको छ।
डिपोको कारण स्थानीय बासिन्दाका साथै हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेकाले डिपो स्थानान्तरण गर्ने तयारी गरेको हो ।
कार्यक्रममा निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले डिपो गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा डिपो सार्ने निर्णय भएको बताउनुभयो । उहाले नयाँ बन्ने डिपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डारण ट्यांक निर्माण गरिने जानकारी दिनुभयो ।
नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन दुई संस्थाबीच एक करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँमा सम्झौता भएको हो । हाल सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया