logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा

    1KShares
    काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भएको छ । काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागका मौसमविदले आज राति बागमती प्रदेशसहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएका छन् ।

    ती स्थानमा मेघगर्जनसहित चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविद विनोद पोखरेलले बताए । मौसमविदहरूका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

    मौसमविद प्रतिभा मानन्धरले आगामी तीन दिनसम्म घाम खुलेर नलाग्ने जानकारी दिइन् । उनका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ । त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट