काठमाण्डाै – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली युगान्डासँग खेल्दैछ । यो खेल दिउँसो सवा १२ बजेपछि इन्टेब्बे क्रिकेट ओभलमा शुरू हुनेछ ।
शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल हिजो नामिबियासँग पराजित भएको थियो । नामिबियासँगको पहिलो भेटमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो ।
शृङ्खलामा युगान्ड, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । शृङ्खलामा सबै टोलीले एकअर्कासँग २ खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच आउँदो चैत ३ गते फाइनल हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया