काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हो।
सिलवालले आफ्नो जीवनकालमा तीन पटक नागरिकता लिएको देखिन्छ । उनले पहिलोपटक २०३२ फागुन २४ गतेको नागरिकता लिएका थिए । उक्त नागरिकतामा उनको उमेर १६ वर्ष उल्लेख थियो । तर त्रिभुवन विश्वविद्यालयबाट जारी भएको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ गते उल्लेख थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया