logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

    1KShares
    आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

    काठमाण्डाै – आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।

    राष्ट्रसङ्घकाे आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो । यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्त्वपूर्ण मानिएको छ ।

    राष्ट्रसङ्घका अनुसार एचआईभी सम्बन्धित कलङ्क र भेदभाव हटाउने कार्यका लागि विश्वव्यापी साझेदारीअन्तर्गत एकताबद्ध भएका ४१ देश र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताको प्रशंसा गर्ने यो महत्त्वपूर्ण क्षण हो । सामुदायिक साझेदारहरूको महत्त्वपूर्ण संलग्नता र नेतृत्वको साथ, यो पहलले प्रणालीगत मानव अधिकार अवरोध र असमानताहरू हटाउने कामलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ जसले गर्दा थप न्यायपूर्ण र समावेशी एचआईभी प्रतिक्रियाका लागि मार्गप्रशस्त भएको छ ।

    शून्य भेदभाव दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता एचआईभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ ।

    सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआईभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट