काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यस अघि सोमबार सुन तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २६८० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया