logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आवसीय चिकित्सकलाई निर्वाह भत्ता दिन मातहतका मेडिकल कजेललाई केयूकाे निर्देशन

    1KShares
    आवसीय चिकित्सकलाई निर्वाह भत्ता दिन मातहतका मेडिकल कजेललाई केयूकाे निर्देशन

    काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सले आवसीय चिकित्सकलाई निर्वाह भत्ता दिन मातहतका मेडिकल कजेललाई निर्देशन दिएको छ।

    केयूले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न भन्दै स्नातकोत्तर (पीजी) तह अध्ययनरत आवासीय चिकित्सकलाई तोकेको निर्वाह भत्ता दिन निर्देशन दिएको हो।

    ‘…स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह आठौँ तहको निर्वाह भत्ता उपलब्ध गराउन निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ। केयूले बिहीबार १० वटा मेडिकल कजेल तथा ड‍ेन्टल कजेललाई निर्देशनसहित पत्र पठाएको हो।

    आयोगको ०८१ माघ २५ गतेको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तह सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो। स्वास्थ्य सेवा आठौँ तहकाले ४८ हजार ३७३ रुपैयाँ पाउँदै आएका छन्।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट