logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • शनिबार बढ्यो अमेरिकी डलरको मूल्य

    1KShares
    शनिबार बढ्यो अमेरिकी डलरको मूल्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ, खरिद दर १४५.०९ रुपैयाँ र बिक्री दर १४५.६९ रुपैयाँ पुगेको छ।

    अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिनेछ। काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसामा कारोबार भएको थियो । शनिबार डलरको मूल्य बढ्दै खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा पुगेको पुगेको हो ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट