logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • भागी विवाहकाे विवाद चुलिँदा नवलपरासी पश्चिममा भिडन्त, भयाे हवाइ फायर

    931Shares
    भागी विवाहकाे विवाद चुलिँदा नवलपरासी पश्चिममा भिडन्त, भयाे हवाइ फायर

    काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूदायबीच भएको झडपलाई नियन्त्रण लिन रुपन्देहीबाट पनि थप प्रहरी खटाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ । ‘स्थिति नियन्त्रणमा लिनका लागि ५० प्रहरी खटाएका छौं’, एसपी राठौरले भने ।

    आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो ९सोमबार० साँझ स्थानीय एक समूहले एक जना व्यक्तिलाई कुटपिट गरेका थिए । सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले  जानकारी दिए ।

    करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।

    तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

    यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको वडाध्यक्ष गोधन प्रसाद हरिजनले जानकारी दिए ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट