logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • लुम्बिनी प्रदेशमा शुक्रबारदेखि ‘मेरो विद्यालय,मेरो दायित्व’अभियान शुरू

    919Shares
    लुम्बिनी प्रदेशमा शुक्रबारदेखि ‘मेरो विद्यालय,मेरो दायित्व’अभियान शुरू

    अर्घाखाँची । लुम्बिनी प्रदेशमा शुक्रबारदेखि ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरू भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।

    सबै विद्यालयमा पढ्ने पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले अभियानको शुरुआत भएको हो । एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ भएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो । यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट