logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • पोखरा गोल्डकपः मछिन्द्रलाई हराउँदै थ्री स्टार क्लब सेमिफाइनलमा

    943Shares
    पोखरा गोल्डकपः मछिन्द्रलाई हराउँदै थ्री स्टार क्लब सेमिफाइनलमा

    काठमाडौं । मछिन्द्र क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थप भएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

    प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा भोलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । यसअघि हिजो भएको पहिलो क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज एफसीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।



    फास्ट न्युज    
  • २०८१ माघ २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट