logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

    1KShares
    त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

    नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यस्तै हिजो थाइल्याण्डसँग नेपाल चार विकेटले पराजित भयो । थाइल्याण्डले अस्ति भएको खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।

    त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्याण्डबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट