logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • ललित स्मृति एन्फा यु–१८ युथ लिगमा एपिएफ बिजयी

    823Shares
    ललित स्मृति एन्फा यु–१८ युथ लिगमा एपिएफ बिजयी

    काठमाडौँ, २५ साउनः नेपाल एपिएफ क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जित हासिल गरेको छ ।
    सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा  भएको खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । आजको जितसँगै एपिएफले आठ खेलमा १० अंक जोडेको छ । पराजित चर्च ब्वाइजको समान खेलबाट १३ अंक छ ।
    एएिफको जितमा  अमन मोक्तान र पवन पाख्रिनले समान एकरएक  गोल गरे भने चर्च ब्वाइजका लागि भने शिशिर यस्मालीले एक गोल फर्काए ।
    खेलको २१औँ मिनेटमा अमनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । त्यस्तै खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका शिशिरले एक गोल फर्काउदै खेललाई बराबरीमा ल्याए । खेलको ९०औँ मिनेटमा पवनले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई जित दिलाए ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार