logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ रुपैयाँमा कारोबार

    892Shares
    सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ रुपैयाँमा कारोबार

    काठमाण्डौ । यो हप्ता सुनचाँदीको भाउ बढेको छ । यस हप्ता सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो शुक्रवार (माघ ११ गते) तोलामा एक लाख ६० हजार ६ रुपैयाँ कायम भएको सुन यो शुक्रवार अर्थात् हिजो अस्तिको तुलनामा एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ रुपैयाँमा कारोबार भयो ।

    त्यस्तै यस हप्ताभर सुनको भाउमा भने घटबढ भइरह्यो । जसअनुसार माघ १५ गते मङ्गलवार सुनको भाउ हप्ताकै कम तोलामा १ लाख ५९ हजार दुई रुपैयाँ कायम रहेको थियो । यस्तै यस हप्ता चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ यस हप्ता तोलामा ३५ रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको शुक्रवार (माघ ११ गते) तोलाको १ हजार आठ ८० रुपैयाँ रहेको चाँदीको भाउ हिजो तोलामा एक हजार नाै सय १५ रुपैयाँमा कारोबार भयो ।

    त्यस्तै चाँदीको भाउ पनि माघ १५ गते मङ्गलवार गते हप्ताकै कम तोलामा १ हजार आठ ३५ रुपैयाँमा कारोबार भयो । सुनचाँदीको भाउमा हप्ताभर नै उतारचढाव भए पनि हप्ताको अन्त्यमा सुनचाँदी दुवैकाे भाउ बढेको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट