logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • खो–खोको विश्वकपमा रजत पदक ल्याउने बर्दियाको ठाकुरबाबा नगरपालिकाका खेलाडीलाई सम्मान

    979Shares
    खो–खोको विश्वकपमा रजत पदक ल्याउने बर्दियाको ठाकुरबाबा नगरपालिकाका खेलाडीलाई सम्मान

    बर्दिया। खो–खोको विश्वकपमा रजत पदक ल्याउन सफल उपविजेता भएका आफ्ना पालिका भित्रका १२ जना खेलाडीहरुलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाले तीन लाख १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

    भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको विश्वकप खो–खो खेलमा नेपालको प्रतिनिधित्व गर्दै उपविजेता भएका आफ्ना पालिका भित्रका सात महिला र पाँच पुरुष गरी १२ जना खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले सम्मानस्वरुप जनही झण्डै २५ हजारका दरले ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

    यस्तै खेलाडीहरुसँगै खो–खो खेलका प्रमुख व्यवस्थापक शिक्षा शाखा अधिकृत छत्र बहादुर शाहीलाई पनि नगद पुस्कारसहित सम्मान गरिएको छ । यही जनवरी १३ तारिख अर्थात (पुस २९) देखि १९ तारिख (माघ ६ गते) सम्म सञ्चालन भएको प्रथम विश्वकप खो–खो खेलकुद प्रतियोगितामा नेपाल उपविजेता भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार