काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज दिउँसो १ बजे हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सनको अन्तिम सूचीमा रहेका १५५ खेलाडीमध्ये ५२ जना आठ फ्रेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् । प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी पनि राख्न पाउनेछ।
अक्सनमा जनकपुर बोल्ट्ससँग सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँ खर्च सीमा रहेको छ । काठमाडौं गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ बजेट बाँकी छ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया