logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

    991Shares
    सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

    काठमाडौं– नेपाली कांग्रेस निकटको लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि हुने सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक सार्वजनिक गरेको हो । तालिका अनुसार उद्घाटन खेलमा चर्च व्वाईज फुटबल क्लव र संकटा क्लवबीच खेल हुने छ । त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपिएफ क्लव, १२ गते पुलिस क्लव र बागमति क्लव र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लवबीच खेल हुने आयोजकले जनाएको छ ।

    लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ । उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको बिकासका साथै खेलाडीहरुलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उदेश्यका साथ प्रतियोगीता आयोजना गरिएको जानकारी दिनुभयो ।

    प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट