logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

    928Shares
    उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भत्सर्ना गरेको छ ।

    पूर्वमुख्यमन्त्री समेत रहेका उनलाई केही व्यक्तिले शनिबार झापामा आक्रमण गरेका थिए।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुंगा नजिक उनीमाथि आक्रमण भएको उल्लेख छ। उनको निधारमा चोट लागेको छ।

    विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गर्दछ ।’

    कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको छ।



    फास्ट न्युज    
  • २०८१ माघ ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट