logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूचीमा?

    1KShares
    प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूचीमा?

    काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’,‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदैछन् ।



    फास्ट न्युज    
  • २०८२ असार १४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट