काठमाण्डौ | नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरू हुँदैछ ।
दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको उद्घाटन खेलमा काठमाण्डौ माभरिक्स र पोखरा लेकर्स खेल्दैछन् । खेल बेलुका साढे ६ बजे शुरू हुने छ ।
काठमाडौँको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कप्तान घनश्याम रोकामगर छन्। एनकेएलमा आबद्ध थाइल्यान्डका दुई र बङ्गलादेशका एक खेलाडीसँग पनि भारतमा भएको प्रो कबड्डी लिग खेलेको अनुभव छ। विराटनगर ब्यान्डिटका प्रशिक्षक लोकबहादुर विष्टले आफ्नो टिममा रहेका घरेलु खेलाडीमध्ये धेरैले राष्ट्रिय टिमबाट खेलिरहेको र विदेशमा विश्वकप खेलेका खेलाडी रहेको बताए।
जनकपुरको प्रशिक्षकमा पार्वती राई र मार्कीमा रामु टमाटा छन् । विराटनगरको मार्कीमा कल्याण भुजेल र प्रशिक्षकमा लोकबहादुर विष्ट, धनगढीको मार्कीमा पदमबहादुर विष्ट र प्रशिक्षकमा महेश बोहरा, हिमालयनको मार्कीमा गणेशबहादुर पार्की तथा प्रशिक्षकमा सन्दीप पन्त र भारतका पोल्थुगान्ती सतीशकुमार रहेका छन् । सतीशकुमार भारतीय प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।
थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, हिमालयनमा गणेश पार्की छन्। विराटनगरले लोकबहादुर विष्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ। भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्। हिमालय रेइडर्सले करिव २२ दिन भारतको कोलापुरमा प्रशिक्षण गरेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया