काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपाली क्रिकेट सन्दीप लामिछाने थपिएका छन् । यसअघि ६ खेलाडी समेटिएकोमा शुक्रवार सन्दीपको नाम थपिएको हो । सन्दीप विदेशी खेलाडी अन्तर्गत डाइमण्ड क्याटेगोरीमा परेका छन् । उनले यसअघि २०७५ सालमा लाहोर क्वालन्डर्सबाट पीएसएल खेलेका थिए ।
यसअघि विकेट किपर ब्याटरद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याटर देव खनाल तथा अलराउन्डरहरु दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सोमपाल कामी सिल्भर क्याटेगोरीमा परेका थिए । ड्राफ्टमा रहेका खेलाडीहरुमध्येबाट फ्रेन्चाइज टिमहरुले खरिद गर्न सक्नेछन् । खेलाडी छनोट जनवरी १३ तोकिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया