काठमाडौं ।नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ ।
बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपीशर्मा ओलीले पेस गर्ने राजनीतिकप्रतिवेदनमाथि छलफल हुनेछ ।
साथै, सरकार गठनपछि ६ महिनाको समीक्षाप्रतिवेदन, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधन लगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया