logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • ओलीलाई रावलका प्रश्नैप्रश्न, आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी

    889Shares
    ओलीलाई रावलका प्रश्नैप्रश्न, आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी

    काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेमा नेता डा. भीम रावलले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई प्रश्न गरेका हुन् । उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।

    ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी छ । ‘…अतः देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ,’ रावलले भने ।



    फास्ट न्युज    
  • २०८१ पुष १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट