काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल एकताको छलफल गर्न वामदेव गौतम निवास पुगेका छन् ।
बिहीबार साँझ अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, स्थायी कमिटी सदस्य बलराम बास्कोटा गौतम निवास पुगेका हुन् ।
भेटमा गौतम संयोजक रहेको पार्टी नेकपा राष्ट्रिय एकता अभियानको तर्फबाट डीबी कार्कीलगायत नेताहरू पनि रहेको बताइएको छ ।
“एकता प्रक्रिया अघि बढाउने कुरामा दुवै पक्षमा सहमति जुटेको छ । आजको भेट निकै सकारात्मक भएको छ ।” -बलराम बास्कोटाले बताए ।
यसअघि भएको एकीकृत समाजवादीको बैठकले वामदेव गौतमलाई पार्टीमा ल्याउने निर्णय भएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया