logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • अफगानिस्तानमा बस दुर्घटनामा परी ५० जनाको मृत्यु

    955Shares
    अफगानिस्तानमा बस दुर्घटनामा परी ५० जनाको मृत्यु

    काबुल ।अफगानिस्तानमा बस दुर्घटना हुदाँ ५० जनाको मृत्यु भएको छ ।दक्षिणपूर्वी अफगानिस्तानमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको हो ।तालिबान सरकारका प्रवक्ताका अनुसार सो दुर्घटनामा परी थप ७६ जना घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठक्कर खाँदा  दुर्घटना भएको थियो। अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए। उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पुर्‍याएको र केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीव्र गतिमा गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ।



    फास्ट न्युज    
  • २०८१ पुष ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट