logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • झापा कपः जीटीए दार्जिलिङलाई हराउँदै राष्ट्रिय जागृति क्लब इटहरी सेमिफाइनलमा

    967Shares
    झापा कपः जीटीए दार्जिलिङलाई हराउँदै राष्ट्रिय जागृति क्लब इटहरी सेमिफाइनलमा

    दमक । भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्लब प्रथम झापा कपको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको दोस्रो क्वाटरफाइनलमा जागृति क्लबले जीटीए दार्जिलिङलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

    यसअघि सोमबार भएको पहिलो क्वाटरफाइनलमा विभागीय क्लब त्रिभुवन आर्मीलाई २–० गोलले हराउँदै सिरहाको सलहेश युवा क्लब सेमिफाइनलमा पुगेको छ । झापा कपको तेस्रो क्वाटरफाइनलमा भोलि चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देही खेल्नेछन् ।

    झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता छ । प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ । विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।



    फास्ट न्युज    
  • २०८१ पुष २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट