logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्वतीय दौड प्रतियोगिता हुने

    973Shares
    विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्वतीय दौड प्रतियोगिता हुने

    कास्की, ५ असोजः विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपालको पर्यटकीय राजधानी पोखरामा यही असोज १२ गते पर्वतीय दौड प्रतियोगिता हुने भएको छ ।पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तूप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क लगायतका पर्यटन गन्तव्यको थप प्रवर्द्धनका लागि पुम्दीमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पोखरा क्लिक प्रालिले जनाएको छ ।

    ‘खेलपर्यटन प्रवर्द्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने आठ किमी दौड प्रतियोगिता खुला प्रतिस्पर्धा हो । दौडको रुट विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुङ्गिने कार्यक्रम संयोजक दीननाथ बरालले बताउनुभयो ।प्रतियोगितामा खुलातर्फ प्रथमलाई रु २५ हजार, द्वितीयलाई रु १५ हजार र तृतीय हुनेलाई रु सात हजारुहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

    यसैगरी, महिला धावक र १६ वर्षमुनिका बालबालिका, पोखरा–२२ का वडावासी धावकमध्ये उत्कृष्ट एक–एकजनालाई नगद रु सात हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिने बरालले बताउनुभयो । “पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौडमार्फत थप प्रवर्द्धन गर्न लागेका हौँ । खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनका लागिसमेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पुम्दीभुम्दीमा पदमार्ग, हाइकिङ र साइक्लिङसमेत उपयुक्त गन्तव्य भएकाले पोखरा क्षेत्रका अन्य वडाहरूलाई समेत जोडेर प्रतियोगिता विस्तार गर्न उहाँले सुझाव दिनुभयो ।

    परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा आउने करिब ९० प्रतिशत पर्यटक पुम्दीकोट क्षेत्रमा जाने हँुदा यस्ता खेलकुद गतिविधिले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

    अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका व्यावसायिक प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायतले सुस्ताएको पर्यटन व्यवसाय यस्तै खेल पर्यटन गतिविधिले चलायमान गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रूपमा विविध कार्यक्रम गरी मनाइँदैछ । सोही सन्दर्भ पारेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक बरालले बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट