logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • काठमाडौं उपत्यकाको तापक्रम घट्दो, आज न्यूनतम २.५ डिग्री सेल्सियस मापन

    907Shares
    काठमाडौं उपत्यकाको तापक्रम घट्दो, आज न्यूनतम २.५ डिग्री सेल्सियस मापन

    काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज झनै घटेको छ। बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २।५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शुक्रबार ३।४ डिग्री सेल्सियस मापन भएकोमा शनिबार तापक्रम झनै घटेको हो। यो यस वर्षकै कम रेकर्ड तापमान हो। शनिबार र आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै जसो भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

    मौसम सामान्य तथा सफा रहे पनि आज तराईं र उपत्यकाका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। घाम लाग्दै गर्दा हुस्सु हट्दै जाने महाशाखाले जनाएको छ। आज देशमा पश्चिमी वायुको प्रभाव पनि सामान्य रहेकाले दिउँसो कोशी प्रदेशका पहाडी भू(भागमा भने आंशिक बदलीको सम्भावना छ।

    पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार