logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एमाले सचिवालयले ३ निर्णय गर्यो

    868Shares
    एमाले सचिवालयले ३ निर्णय गर्यो

    काठमाडौं । सर्वाेच्च अदालतले रास्वपाका नेताहरुले अदालतको अवहेलना गरेको भनी सर्वाेच्च अदालतमा परेको रिटमा लिखित जवाफ माग गरेको छ ।
    मंगलबार न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले लिखित जबाफ माग गर्ने आदेश दिएको हो।

    यसअघि मंसिर ११ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले थप विवरण माग गर्ने आदेश दिएको थियो।

    अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतको अवहेलना हुने गरी प्रदर्शन गरेको भन्दै कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकामा सहरजिष्ट्रार अच्युत कुइँकेलले रिट दरपीठ गरेका थिए।
    कात्तिक २७ गते न्यायाधीश विनोद शर्माको इजलासले उक्त दरपीठ बदर गरी रिट दर्ता गर्न आदेश दिएपछी सर्वोच्चले कात्तिक २९ गते रिट दर्ता भएको थिायो ।
    अधिवक्ता भट्टराईले रास्वपा केन्द्रीय पदाधिकारी, बागमती प्रदेश सभापति अच्युतम लामिछाने, सांसदहरू मनिष झा, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाललाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।



    फास्ट न्युज    
  • २०८१ मंसिर २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट