logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • एनपीएलमा कर्णाली याक्सको पहिलो जीत, चितवनलाई ६ विकेटले हरायो

    970Shares
    एनपीएलमा कर्णाली याक्सको पहिलो जीत, चितवनलाई ६ विकेटले हरायो

    काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो । चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । कर्णालीका शिखर धवनले ४५, चादविक वाल्टनलले ३० रन बनाए । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी एटन र रवि बोपाराले १/१ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो । चितवनका रवि बोपाराले ५९ रन बनाए । कर्णालीका विपिन शर्माले ३, जीशान मक्सूदले २ विकेट लिए ।

    प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाण्डौ गुर्खाजसँग पराजित भएको थियो । चितवनले भने पहिलो हार बेहोरेको छ । चितवनले पहिलो खेलमा काठमाण्डौ गुर्खाजलाई र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट