logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • दुई साताभित्र निर्माण व्यवसायीको ३ अर्ब २१ करोड बक्यौता भुक्तानी गर्दै सरकार

    865Shares
    दुई साताभित्र निर्माण व्यवसायीको ३ अर्ब २१ करोड बक्यौता भुक्तानी गर्दै सरकार

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता भुक्तानी १५ दिनभित्र हुने दाबी गरेका छन् ।

    आइतबार पत्रकारहरूसँग छलफल गर्दै मन्त्री दाहालले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको बताए ।

    ‘अर्थ मन्त्रालयमा प्रस्ताव गएको छ । त्यहाँबाट स्वीकृति भएपछि भुक्तानी हुनेछ । हामीलाई पनि निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा अप्ठ्यारो हुने अवस्था थियो । अब त्यो अवस्था हट्छ,’ उनले भने ।

    निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारले काम गरेको भुक्तानी नदिएको भन्दै गुनासो गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई पटक पटक ध्यानकर्षण गराउँदै आएका छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट