logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • लामिछानेलाई भैरहवा पुर्‍याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन

    895Shares
    लामिछानेलाई भैरहवा पुर्‍याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ ।  प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ ।प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ ।

    यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकूल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम अनुकूल हुनासाथ विमान उडेको थियो ।

    लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता विमानस्थल बाहिर भेला भएर नाराबाजी गरिरहेका छन् । रास्वपाले प्रदर्शन गर्न थालेपछि ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही पुर्याएको हो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट