logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा बन्द

    967Shares
    नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा बन्द

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा बन्द भएको हो ।

    यस दिन ५० कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ । विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

    आठ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नौ अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

    कारोबारमा आएका १३ मध्ये डेभलपमेन्ट बैंक, जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ९.२५ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक समूहको १.०५ र जीवन बिमा समूहको परिसूचक ०.४७ प्रतिशतले बढेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट