logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • विश्वका इशाईहरुका धर्मगुरु पोप फ्रान्सिसको निधन

    898Shares
    विश्वका इशाईहरुका धर्मगुरु पोप फ्रान्सिसको निधन

    काठमाडौं । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ ।इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले वक्तव्य जारी गर्दै पोपको निधन भएको जनाएको हो ।भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ ।

    उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।“प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ”, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने | विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई ‘नम्रताको मानिस’ भनेका छन् ।

    डच प्रधानमन्त्री डिक फले उनलाई ‘क्याथोलिक र गैर–क्याथोलिकहरूका लागि समान रूपमा रोल मोडेल’ भनेर वर्णन गरेका छन्।पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए ।आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ भन्दै शुभकामना दिएका थिए। उनले आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गर्दै आशीर्वाद दिएका थिए।  (बीबीसी)



    फास्ट न्युज    
  • २०८२ बैशाख ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट