logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध प्रदर्शन

    937Shares
    अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध प्रदर्शन

    काठमाडौं ।अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ।शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।
    ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेको तीन महिना नहुँदै अमेरिकामा उनीविरूद्ध नागरिकहरू सडकमा निस्किएका हुन्।

    यद्यपि उनको कार्यशैली र निर्णयका विषयमा सुरूवातदेखि नै चर्को आलोचना भएसँगै यी प्रदर्शनहरु निस्किएको बताइएको छ ।सिएनएनका अनुसार शनिबार अमेरिकाका १ हजार ४ सय स्थानमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन भएको थियो।
    अर्बपतिहरूको सत्ता कब्जा रोक्न, जनताका सेवामा कटौती बन्द गर्न र आप्रवासी र अन्य समुदायमाथिको आक्रमण रोक्नुपर्ने प्रर्दशनकारीहरुले माग गरेका छन् ।
    प्रदर्शनकारीहले ‘ह्यान्ड्स अफ’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।



    फास्ट न्युज    
  • २०८१ चैत्र २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार