logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • ६ लाखको ठेक्कामा १० लाखको फिरौती माग नदिएपछि कुटपिट

    949Shares
    ६ लाखको ठेक्कामा १० लाखको फिरौती माग नदिएपछि कुटपिट

    काठमाडौं । एक कबाड व्यवसायीले मागेजती फिरौती रकम नदिएपछि अर्को कबाड व्यवसायीलाई कुटपिट गरेका छन् ।

    ललितपुरको बालकुमार खरीबोटमा दिलिप जयसवालको योजनामा कुटपिट भएको छ । आज (शनिबार) जयसवालले बालकुमारीमा छलफल गर्ने भनेर बोलाएको र फिरौती रकम माग्दा दिन नमानेपछि कुटपिट गरेको पीडितले जनाएका छन् ।

    जयसवास यहाँ कबाड व्यवासाय गर्दै आएका एक भारतीय नागरिक हुन् । कुटपिटबाट घाईते नेपाली नागरिक रहेका छन् । जयसवालको योजनामा उनका व्यापारिक साथी समेत रहेका अभिसेकमान बस्नेत र आशिस बस्नेत, राजु ढुङगेल सहितले मिलेर कुटपिट गरेको पीडितले जनाएका छन् । पीडितले आफूलाई गरिएको कुटपिटको सिसिटीभि क्यामेरामा कैद गरिएको भिडियो समेत दिदै प्रहरीमा कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् ।

    कुटपिटबाट रविशंकर प्रसाद र महाविर साह सोनार घाईते भएका छन् । रविशंकरलाई टाउको सहित शरिर भरी कुटपिट गरेको देखिन्छ । उनको नाकबाट रगत समेत आउँने गरी कुटपिट गरिएको छ । महाविरलाई उनीहरुले अभद्रव्यवहार गर्दै हातपात गरेका थिए ।

    पीडित महाविर र रबिशंकरका अनुसार उनीहरुले काटेर फालिने र मागेको पैसा नदिए ज्यान सुरक्षित नहुने धम्किी समेत दिएका छन् । ‘ज्यान सुरक्षित राख्ने हो भने १० लाख रुपैया देउ, नत्र काटेर फालिदिन्छौं’ महाविरले भने ।

    बालाजु औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले पुरानो टंकीको कबाडको समानको ठेक्का निकालेको थियो । सो ठेक्का महाविरले सबैभन्दा बढी रकममा सकार गरेका थिए । सोही अनुसार उनले ६ लाख १० हजार रकममा ठेक्का पाएका थिए ।

    महाविरलाई सो ठेक्का परेपछि जयसवालले १० लाख फिरौत माग गरे । महाविरले आफूले पैसा दिन नसक्ने र आफ्नो व्यापारिक साथी समते नमान्ने भएकाले यस बारेमा छलफल गर्ने बताए । त्यही बेला जयसवालले महाविरकै फोनबाट रबिशंकरलाई फोन गरेर बोलाएको महाविरले बताए ।

    महाविर आएपछि उनीहरुले १० लाख रुपैया दिनुपर्ने माग गरे । केही गुण्डा बोलाएर सुरुमा धम्क्याएको र दिन नमानेपछि कुटपिट गरेको पीडितले जनाएका छन् । कुटपिटबाट घाईतेको लगनखेल स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

    घटनाको बारेमा ललितपुर प्रहरी परिसरका एसपी नवरत्न पौडेलले घटनको बारेमा आफूलाई बिस्तृत जानकारी नभएको र घटनबारेमा बुझिरहेको जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट