logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • प्रविधिको दुरूपयोग गरि बदनाम गरियो : रजिस्ट्रार यादव

    937Shares
    प्रविधिको दुरूपयोग गरि बदनाम गरियो : रजिस्ट्रार यादव

    वीरगंज। मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले प्रविधीको दुरुपयोग गरी आफु र आफु कार्यरत संस्थालाई बिबादमा ल्याउने काम भएकोमा यस घटनाले आफुलाई मर्माहित बनाएको बताउनु भएको छ ।

    आर्टिफिसियल इन्टिलिजेन्स (ए.आई)को जमानामा कसैको फोटो सँग कसैको फोटो जोडनु कुनै अनौठो कुरा नभएको भन्दै बिशुद्ध आफु बिरूद्ध केही व्यक्ति सुनियोजित तवरमा लागेको यादवको कथन रहेको छ ।

    व्हाट्सएपमा कस्ले कस्को बिरूद्ध च्याट गर्छ र सामाजिक सञ्जालमा बदनाम गर्ने हेतुले पोस्ट गर्छ त्यो आफ्नो चासोको बिषय नभएको भन्दै विगत केही दिनदेखि पुरानो झिना मसिना बिषयलाई लिएर उपकुलपति डा. दीपक शाक्य र मधेश विश्वविद्यालयलाई जबरदस्ती मुच्छेर बिबादमा ल्याउने काम दुर्भाग्यपूर्ण भएको रजिस्ट्रार विजय यादवले बताए ।
    अचेलको जमानामा कोही सँग हाँसेर बोल्दैमा कतै घुम्नकाको लागि जाँदैमा त्यो समाचारको बिषय बन्नु आफैमा ‘कफीको कपमा तुफान’ खडा गर्नु जस्तै भएको यादवको भनाई रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट