४ भदौं दाङ।लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् । नेपाली कांग्रेससंगको गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेपाली कांग्रेसका २७ र नेकपा एमालेका २९ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दुई ठूला राजनीतिक दल विचको समीकरणका आधारमा मुख्यमन्त्री आचार्य विश्वासको मतको परिणामप्रति ढुक्क छन् ।
मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । विश्वासको मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरु सँग पनि विश्वासको मत माग्नुभएको हो ।
प्रदेशको समृद्धिको आकाङ्क्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउनुहुँदै उहाँले सबैले विश्वास मत दिनुपर्ने धारणा राख्नुभयो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारको भएको बताउनुभयो ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd