काठमाडौँ । आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले गोल गर्नुभयो । नीराजनले २३औँ मिनेटमा गर्नुभएको गोल नेपालको जितमा पर्याप्त बन्यो । नेपालले बलमा पटक जमाउँदै लगातार पोस्ट प्रहार गरेपनि नेपालको थप प्रयासमा श्रीलङ्काका गोल रक्षक अहमद शरिफ बाधक बन्नुभएको थियो । च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । अब नेपालले मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । भारत यस च्याम्पियनसिपको साबिक विजेता हो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया