logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • काभा यू–१९ महिला भलिबल : नेपालको लगातार दोस्रो जित

    1.2KShares
    काभा यू–१९ महिला भलिबल : नेपालको लगातार दोस्रो जित

    काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।कोलोम्बोमा बिहीबार भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित गर्‍यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो ।
    यो जितपछि नेपालले तीन खेलबाट सात अंक जोडेको छ । यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो ।चार टिम सहभागी यस प्रतियोगितामा सिंगल राउन्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अंक तालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट