logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • लुम्बिनीले रोहितसहित ६ जना खेलाडीलाई रिटेन गर्‍याे

    1.4KShares
    लुम्बिनीले रोहितसहित ६ जना खेलाडीलाई रिटेन गर्‍याे

    काठमाण्डाै |  नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

    लुम्बिनीले राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरेको हो । रोहित टोलीका मार्की खेलाडी र कप्तान पनि हुन् ।

    यस्तै लुम्बिनीले सूर्य तामाङ, आशुतोष घिरैया, अर्जुन साउद, विकास आग्री, आरिफ खान र दुर्गेश गुप्तालाई रिलिज गरेको छ । यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।

    एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन्।

    एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन पनि गर्ने तयारी छ ।



    फास्ट न्युज    
  • २०८२ असार ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट