काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेको कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा कर्णालीले सुदूरपश्चिमलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।
टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।
कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे ।
कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए । त्यस्तै विलियम वोसिस्टोले १६ रन जोड्दा बाबर हायत १३ रनमा पेभेलियन फर्किए । चाडविक वाल्टन र सोमपाल कामीले समान ११/११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया