logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै

    955Shares
    पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै

    काठमाडौं । नेपाल भलिबल संघको आयोजना एवं सेन्ट्रल एशियन भलिबल संघको संयोजनमा पहिलो पटक काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ ।

    शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २२ गते देखि २९ गतेसम्म काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेर नेपालबाट नै प्रथम पटक थालनी गर्न लागेको जानकारी दिएको हो ।

    प्रतियोगितामा इरानबाट चादौर मालो क्लव, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लव, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरि पाँच टीमको सहभागिता रहनेछ ।

    भलिबल खेलको माध्यमबाट खेलको वृहत्तर विकास गर्नको लागि काभा पुरुष भलिवल क्लब च्याम्पियनसिप पनि नेपालबाट नै शुरुवात गर्ने जमर्को गरेको संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव एक करोड खर्च हुने संघको अनुमान रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट