logo

२०८२ जेष्ठ ३२ शनिबार

logo
  • शनिबार, ३२ जेष्ठ २०८२
  • सहकारी ठगी प्रकरणमा अदालत बाट धरौटीमा छुुटेेका दिपेशलाई प्रहरीले लगत्तै पक्राउ गर्यो

    706Shares
    सहकारी ठगी प्रकरणमा अदालत बाट धरौटीमा छुुटेेका दिपेशलाई प्रहरीले लगत्तै पक्राउ गर्यो

    काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो ।
    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे ।
    ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन  छानबिनको दायरामा रहेको बताइएको छ ।
    अर्यालले भने ” दीपेश पुनको बारेमा सीआईबीमा अर्को उजुरी छ । सीआईबीले त्यहाँबाट छुटिजाने भएमा अर्को अनुसन्धानलाई पठाइदिनु भनेको थियो । अदालतले मागेको धरौटी भनेको ४ लाख हो । त्यो बुझाएपछि यहाँको अदालतको आदेशको सन्दर्भमा प्रक्रिया पुरा भएपछि रिहा भएका हुन् । तर रिहा भएपनि सीआईबीले लेखेको पत्रअनुसार सोहीअनुसार प्रबन्ध गरेर फेरि सीआईबी पठाएका छौँ ।’
    पुनलाई शुक्रबारनै काठमाडौँ पठाइसकेको पनि उनले बताए । पुनलाई अब छाड्ने कि नियन्त्रणमै राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे सीआईबीले थप निर्णय गर्ने उनको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १४, शुक्रबार १९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट